Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक २० गते, बिहान १०:५९ बजे
काठमाडौँ - KTM

आज देशभर कति जना थपिए कोरोना संक्रमित ?

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक २०, काठमाडौँ | पछिल्लो २४ घण्टामा  नेपालमा  ३०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | 

 त्यस्तै बितेको २४ घण्टामा थप ३४३० जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् | हाल सम्म संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ | मन्त्रालयका अनुसार देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।  

यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् | हालसम्म देशभर सक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेको पनि मन्त्रालयले जनाएको छ  |