Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 12, 2023 समाज

क्यानडाको भिसा त्यागेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

माघ २९, काठमाडौँ | क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भंँैसीपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहनुभएको छ ।

साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका उहाँले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्नुुहुन्थ्यो ।

पुख्र्यौली घर बझाङको छविस पाथिभेरा-२ भएका उहाँले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस जानु भएको थियो । साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उहाँ वैदेशिक रोजगारीमा जानुभएको थियो ।

सुरुवातमा काम गर्न दुबई पुग्नुभएका उहाँ त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम सुरु गर्नुभयो । करिब १४ महिना दुबईमा काम गर्नुभएका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उहाँ कुवेतमा मासिक रू दुई लाख ९० हजारको जागिर गर्न थाल्नुभयो ।

“व्यक्तिगत खर्च कटाएर मासिक रू दुई लाख ९० हजार घर पठाउथे”, उहाँले भन्नुभयो, “त्यहाँ मैले चार वर्ष आठ महिना काम गरेँ ।” त्यसपछि बिदामा घर आउनुभएका उहाँ विदेश फर्कनुभएन ।

बिदामा घर आउनुभएका उहाँले कुबेतको जागिर छाडेर सुरुमा कुखुरापालन सुरु गर्नुभयो । कुखुरापालनबाट सुरुवाती चरणमा राम्रै आम्दानी भए पनि पछि भने लाखौँ घाटा बेहोर्नु प¥यो ।

“सुरुवाती चरणमा करिब चार लाख जति कमाएँ”, उहाँले भन्नुभयो, “पछि बजारको सिन्डिकेटका कारण घाटा बेहोरे ।” उहाँले कुखुरापालनकै कारण विदेश छँदा कमाएको ४६ लाख नगद र छ तोला सुन पनि सकाउनुभयो । कुखुरापालनबाट लाखौ डुबेपछि हरेश खाएका हिक्मतले फेरि विदेश जाने सोच बनाउनुभयो । क्यानडाको भिसा लगाएर जाने तयारी गर्नुभएका उहाँले साथीको सल्लाहका कारण त्यहाँ जानुभएन ।

“कुखुरापालनबाट लाखौ गुमाउँदा भएको तनावपछि विदेश जाने भनेर क्यानडाको भिसा लगाए, सबै तयारी पूरा भएर जाने तरखर गर्दै थिए साथीको सल्लाहले फेरि रोकिए”,  उहाँले भन्नुभयो। “साथीको सहयोगमा बैंकबाट कर्जा लिएर भैँसीपाल्न सुरु गरेको हुँ । अहिले भैँसीपालनबाट राम्रो आम्दानी भइरहेको छ ।” कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा एक बिघा १२ कठ्ठा जमिन भाडामा लिएर उहाँले हेमा कृषि फार्म सञ्चालन गर्नुभएको छ ।

फार्ममा भैँसीपालन व्यवसाय सुरु गरेको करिब सात महिना पुग्न लाग्यो । भँैसीपालनमा पनि सुरुवाती चरणमा आफूले घाटा बेहोर्नुपरेको उहाँले सुनाउनुभयो । “साथीको सल्लामा अर्का एकजनामार्फत भैँसी किनेर ल्याए तर दूधै नदिने भएपछि आधा पैसामा बिक्री गरेँ” उहाँले भन्नुभयो । हाल उहाँको फार्ममा छ वटा भँैसी छन् । दूध बिक्रीबाट मात्रै हाल मासिक करिब ७० हजार नाफा भइरहेको उहाँको भनाइ छ ।

“अहिले प्रतिलिटर रू ८० का दरले दैनिक ६४ लिटर दूध बिक्री गर्छु”, उहाँले भन्नुभयो, “प्रत्येक महिना दूध बढ्दै गइरहेको र आम्दानी पनि बढ्दै जाने विश्वास लिएको छु ।” कुल रू ५६ लाख लगानी भएको कुखुरापालन व्यवसाय डुबेपछि रू आठ लाख ऋण लिएर सुरु गरेको भैँसीपालनबाट भने सन्तुष्टि मिलेको उहाँको भनाइ छ । भैँसीपालनमा श्रीमती र एक जना आफन्तले सहयोग गर्दै आएका छन् ।