२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौंमा अवतरणको क्रममा मलेसियन एअरको विमानमा धुँवा, सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको आकलन

२०७९, ५ फाल्गुन शुक्रबार ०८:४१

फागुन ५, काठमाडौँ | काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको मलेसियन एअरको विमानबाट धुँवा आएको छ । आज मध्यान्ह अवतरणको क्रममा विमानको ल्याण्डिङ गियर (पाङ्ग्रा) बाट धुँवा आएको बताइएको छ ।


उक्त एअरको कल साइन एमएच १७० विमान सवा १२ बजे विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालय स्रोतले बताएको छ । सो क्रममा विमानको पाङ्ग्रा रनवेमा अत्यधिक घर्षण भएकाले धुँवा आएको प्राविधिकहरुको भनाइ छ ।

त्यसपछि विमानमा आगलागीको सम्भावना भएको जनाउँदै विमानस्थलस्थित वारुणयन्त्र र फायर फाईटिङ टोलीले पानी हालेर पाङ्ग्रा चिस्याएको हो । विमानको अन्य अवस्था सामान्य रहे पनि १ बजे क्वालालम्पुर फर्कनुपर्ने विमानको अहिले परीक्षण भइरहेको छ । 

विमानमा ११८ जना यात्रु थिए । विमानको पूर्ण प्राविधिक परीक्षणपछि मात्रै उडान गरिने भएकाले क्वालाम्पुर जाने यात्रुहरु विमानस्थलको प्रस्थान कक्षमा अड्किएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै