पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १७, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तमध्येका शोभाकान्त ढकाल रिहा हुने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले ढकाललाई रिहा गर्न आदेश दिएको हो ।

ढकालले दुई वर्षका लागि पुर्पक्षका लगि थुनामा राख्ने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए । विशेष अदालतको थुनछेक आदेशबमोजिम उनी दुई वर्षदेखि थुनामा छन् । सजाय अवधिभन्दा धेरै समय पुर्पक्षका लागि थुनामा राख्न नमिल्ने भन्दै उनले माघ २७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

यसअघि ढकालले थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने विशेष अदालतको आदेशविरुद्ध निवेदन दायर गरेका थिए । सो निवेदनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको राय बाझिएको थियो ।

खतिवडाले ढकाललाई तीन करोड धरौटीनमा छाड्नुपर्ने राय दिएका थिए । भट्टराईले थुनामै राख्नुपर्ने राय पेस गरेका थिए ।

ढकालविरुद्धको भ्रष्टाचार मुद्दा भने विशेष अदालतमा विचाराधीन छ ।