Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 5, 2023 समाज

भारतमा नेपाली विद्यार्थीको शब इनारमा फालिएको अवस्थामा फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन २१, काठमाडौँ | </b>भारतमा अध्ययनरत बझाङका एक विद्यार्थीको शब इनारमा फालिएको अवस्थामा फेला परेको छ। बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा फेला परेको हो।<br></p><p>उनी भारतको कर्नाटक प्रदेशमा पर्ने बैंगलुरुमा रहेको क्राइस्ट युनिभर्सिटीमा स्नातकोत्तर तहमा अध्यनरत थिए। गत फेब्रुअरी २६ तारिखका दिन बैंगलुरुकै सज्जापुरस्थित कोठाबाट हराएका उनको शव सज्जापुरबाट ३४ किलोमिटर टाढा चन्दापुरा भन्ने ठाउँमा भेटिएको&nbsp; मृतकका छिमेकी दिपक खड्काले बताए।</p><p>हत्याको आशंकामा कर्नाटक प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। भारतमा नेपालीको हत्यालाई प्रहरीले सामान्य रुपमा लिने गरेकाले न्याय नपाइने हो कि भन्ने मृतकका परिवारको शंका छ।</p>