२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०१६: खेल संसारमा घटे यस्ता खतरनाक घटना (तश्विर सहित)

२०७३, १६ पुष शनिबार १४:०३

सास | पुस १५, काठमाडौँ | अंग्रेजी बर्षको आज अन्तिम दिन, यो बर्ष खेल संसारमा धेरै त्यस्ता घटना घटे जसको बारेमा तश्विर सहित तपाइलाई हामीले जानकारी गराउन गईरहेका छौं । यो बर्षका बिभिन्न घटनाका कारण केहि स्पोर्ट्स स्टार्सहरुलाई गम्भीर चोट पुगेको छ भने कतिपय घटनापछी आफ्नो खेलमा फर्कन नसक्ने गरि घरमै आराम गर्दैछन् | हेरौं त्यस्ता तश्विर तथा त्यसको जानकारीहरु:  


तश्विर १: यस बर्ष भएको रियो ओलिम्पिक खेलमा फ्रान्सका एथलीट समीर ऐट सैदको खुट्टा भाच्चिएको थियो । खेल हुँदै गर्दा खुट्टाको ब्यालेन्स मिलाउन नसक्दा उनको खुट्टा भाच्चिएको हो । जब उसलाई स्टेचरमा राखेर उपचार गर्न लगियो तब स्टेचरबाट समेत लडेका थिए । 


तश्विर २: यी भारतकि एक खेलाडी हुन । यिनकै कारण रियो ओलिम्पिकमा भारतले २ महत्वपूर्ण मेडल गुमाउन पुग्यो । यिनको नाम विनेश फोगाट हो । यिनले रेसलिंगमा लड्दा चीनकी सुन यानानलाई क्वार्टर फाइनलमा १-० अन्तरले पछाडी पर्दै खेल खेल्दै थिइन् तब युनानले आफ्नो बलियो दाउमा यिनलाई कस्दा पुरै खुट्टा घुम्न पुग्यो | त्यसपछि यिनी उठ्न समेत सकिनन् र स्टेचरमा हालेर उपचारको लागि लगियो।


तश्विर ३:  १९५ किलोग्रामको तौल उठाउने क्रममा अर्मेनियाका वेटलिफ्टर  एन्ड्रानिक करापेत्यानको हात भाचियो । यो घटना पनि रियो ओलिम्पिकमै भएको हो । जब यिनले १९५ किलोको तौल उठाउँदै थिए तब उक्त भार टाउको पछाडी गयो तब उनले कन्ट्रोल गर्न खोज्दा तौलको पुरै भार हाततिर पर्यो । तब उनले धान्न सकेनन् र उनको हातको कुहिनो खुस्कियो । 


तश्विर ४:  रेफ्रीको फैशलाबाट रिसाएका खेलाडीले रेफ्रीलाई मारिदिए । मेक्सिकोमा फुटबल म्याचको क्रममा यो घटना भएको थियो, जहाँ एक खेलाडी (रुबेन)ले रेफ्रीलाई फील्डमै हत्या गरेका थिए। रेफ्रीले टि खेलाडीलाई रेड कार्ड देखायेपछी रिसाएका उनले रेफ्रीलाई टाउकोले जोडदार ठक्कर दिए । जसको कारण रेफ्रीको मृत्यु भयो ।


तश्विर ५: ब्रिसबेनमा खेल्दै गरेका वुमन्स एलन बर्डर ट्रफी क्रिकेट खेलमा दुई महिला क्रिकेटरहरु निकै खतरनाक तरिकाले एक आपसमा ठोक्किएका थिए । क्रिकेट बल क्याच गर्न गएका उनीहरुबीच दौडने क्रममा ठक्कर खाँदा एक्कासी लडेर दुवैजना बेहोश भएका थिए ।


तश्विर ६: इंग्ल्याण्डमा भएको एक खेलमा इंग्ल्याण्डका पूर्व रग्बी कप्तान तथा हरलीक्वेन्सका खेलाडी जेम्स हरविलको औंला भाच्चिएको थियो ।


तश्विर ७:  बोलेभियाविरूद्ध फुटबल वर्ल्ड कप क्वालिफायर म्याचमा ब्राजीलका विश्व प्रख्यात खेलाडी नेईमार घाइते बनेका थिए । म्याचको ६३ औं मिनटमा नेईमारलाई बोलेभियाका यासमनीको हातको कुहिनो नेईमारको कन्चटमा लाग्यो । तब उनि मैदानमा ढलेका थिए ।  उनको कन्चटमा गम्भीर चोट लागेको थियो । 


तश्विर ८: अमेरिकाका बेसबल खेलाडी काइल थमसनको गर्दनमा १४३ किलोको बारबेलले थिच्दा मृत्यु भएको थियो । उनि मात्र २२ बर्षका थिए । उनले लोड उचाल्ने क्रममा हातबाट चिप्लिएर आफैलाई थिच्न पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी