जेठ ११, काठमाडौँ | विराट कोह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ११, काठमाडौँ | विराट कोह"/>
2026-06-22 11:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फाइनलका लागि विराट कोहली र शुरेस रैनाको भिडन्त आज, कसले मार्ला बाजी ?

जेठ ११, काठमाडौँ | विराट कोहली र एबी डिविलियर्सको उत्कृष्ट प्रदर्शनले पछिल्ला सात खेलबाट ६ खेलमा जित हात पारेको रोयल च्यालेन्जर्स बैंगलोरले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको गुजरात लायन्ससँग आज पहिलो क्वालिफायर खेल खेल्दै छ ।

आईपीएलमा पहिलो पटक सहभागिता जनाएको गुजरातले लिग राउण्डमा १४ मध्ये ९ खेलमा जित हात पार्दै १९ अंक सहित शीर्ष स्थानमा छ ।
यस्तै लिग चरणको १४ खेलमध्ये ८ खेलमा जित दर्ता गर्दै १६ अंकसहित बैंलोर दोस्रो स्थानमा छ ।

बैंलोर र गुजरातबीच चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे हुने खेलको विजेता टीम सीधै फाइनलमा प्रवेश गर्नेछ। यस्तै हार्ने टीमलाई फेरि फाइनल प्रवेशको अर्को मौका मिल्नेछ। आज हार्ने टिमले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सनराइजर्स र केकेआरबीच हुने एलिमिनेटरको विजेतासँग प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ।

बैंलोरको सान ‘बिराट कोहली’

आइपीएलमा कोहलीको उत्कृत्ट प्रदर्शनले बैंलोर पछिल्ला खेलमा अदभूत प्रदर्शन गर्दै आएको छ। लगातार चार खेलमा अपराजित बैंलोर उच्च फर्ममा रहेको छ। उसका कोहली बाहेक एबी डिविलियर्स, सेन वाट्सन्, क्रिश गेल उच्च फर्ममा छन्।

बैंलोरसंग सामना गर्न गुजरात तयार

जारी प्रतियोगिताको पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गरेर सबैभन्दा माथिल्लो स्थानमा रहेको गुजरातका लागि बैंलोरको चुनौती सामना गर्न तयार छ । यसअघि बैंलोरसँगको १ सय ४४ रनको लज्जास्पद हारबाहेक समग्रमा उसले राम्रो प्रदर्शन गरेको थियो । गुजरातका लागि ड्वेन ब्रावोको ब्याटिङ राम्रो छ । वेस्टइण्डिजका अलराउण्डर डेथ ओवरोको बलिङ प्रदर्शन राम्रो छ । उनले अहिलेसम्म प्रतियोगितामा १५ विकेट लिइसकेका छन्। यस्तै १४ विकेट लिएका धवल कुलकर्णीको नयाँ प्रदर्शन पनि तारिफ योग्य छ। यस्तै स्विङ बलर प्रवीण कुमार अनुकूल परिस्थितिमा बैंलोरका लागि घातक बन्न सक्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत