समाज | सुनसरी - SNS


बिपी प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु

Posted on October 01, 2020 | views : 1317 | सुनसरी - SNS

असोज १५, धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।  उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइहेको थियो । ज्वरो, खोकी र  श्वासप्रश्वाशमा कठि

Read More

बली दिन भारत लैजादै गर्दा दुई किशोरीको उद्धार

Posted on October 01, 2020 | views : 1923 | सुनसरी - SNS

असोज १५, सुनसरी | सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभय

Read More

बालिका हत्या गर्ने पक्राउ

Posted on September 28, 2020 | views : 996 | सुनसरी - SNS

असोज १२, इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो । चटपटे किनबेचको वि

Read More

११ वर्षीया बालिकाको मृत्यु, बोतलले हानेको चोट !

Posted on September 26, 2020 | views : 1276 | सुनसरी - SNS

असोज १०, धरान | बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई रहेकी छिन् ।  सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला ती बालिकाको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव रा

Read More

कोशीपीडित बाह्र वर्षसम्म पनि टहरामै

Posted on September 14, 2020 | views : 1231 | सुनसरी - SNS

देवेन्द्र कार्की । भदौ २९, धरान। विसं २०६५ अघि पक्की घर भएका कोशी गाउँपालिका–३ स्थित नहरचोकका नुर अन्सारी अहिले फुसको छानाको घरमा बस्नुहुन्छ । बाढीका कारण घरघडेरी र जग्गाजमिन गुमाएपछि उहाँ नहरचोकमा फुसको छाना लगाएर बस्दै आउनुभएको छ । सप्तकोशीको बाँध फुटेको १२ वर्ष बित्दा सरकारले दिएको ५० हजार रुपैया

Read More

मोरङमा दुई तथा महोत्तरी र बुटवलमा एक/एक सङ्क्रमितको मृत्यु

Posted on September 14, 2020 | views : 1361 | सुनसरी - SNS

भदौ २९, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्र

Read More

कोरोना सङ्क्रमण : प्रदेश २ मा मृतक १०७ पुग्यो

Posted on September 10, 2020 | views : 4283 | सुनसरी - SNS

भदौ २५, जनकपुर (रासस) । प्रदेश न २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने १२६ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा धनुषाबाट एक जनाको मृत्यु भएको छ । यस प्रदेशमा मृतकको सङ्ख्या १०७ पुगेको छ । यसका साथै, सोही अवधिमा सप्तरीमा १५, सिरहामा २१ , धनुषामा २२, सर्लाहीमा ४

Read More

प्रदेश नं १ मा आज ६४ सङ्क्रमित थप, कुन जिल्लामा कति जना थपिए ?

Posted on August 24, 2020 | views : 3362 | सुनसरी - SNS

भदौ ८, विराटनगर (रासस) । पछिल्लो २४ घण्टामा प्रदेश नं। १ मा  ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज थपिएकामा २४ महिला र ४० पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा मोरङमा २९, सुनसरीमा १९, झापामा पाँच, धनकुटामा दुई, संखुवासभामा एक र प्रदेश  बाहिरका आठ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ

Read More

प्रदेश नं १ मा १३९ सङ्क्रमित थपिए, कुन जिल्लामा कति थपिए सङ्क्रमित ?

Posted on August 18, 2020 | views : 3360 | सुनसरी - SNS

भदौ २, विराटनगर (रासस) । प्रदेश नं १ मा आज १३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार २३२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित मोरङमा १०५, झापामा २०, सुनसरीमा छ, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, पाँचथर र प्रदेश १ बाहिरका दुई जना रहेको मन्त्र

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33830 | सुनसरी - SNS

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

सुनसरीमा निषेधाज्ञा जारी

Posted on August 06, 2020 | views : 2963 | सुनसरी - SNS

साउन २२, इनरुवा । सुनसरीमा बिहीबार बिहानैबाट निषेधाज्ञा जारी गरिएको छ । बुधबार राति १२:०० बजेदेखि लागू हुने गरी साउन २६ गते राति १२ः०० बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।  लकडाउन उल्लङ्घन गर्दै सडकमा भीडभाड भएको भन्दै कोरोना सङ्क

Read More

इनरुवामा २६ गतेसम्म पूर्ण लकडाउन

Posted on August 04, 2020 | views : 1740 | सुनसरी - SNS

साउन २०, इनरुवा। सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको सरोकारवालासँगको बैठकले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएका कारणले २६ गते सोमबारसम्म बजार क्षेत्रमा पूर्णरुपले लकडाउने गर्ने निर्णय गरेको हो । इ

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 27061 | सुनसरी - SNS

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

सुनसरीको सीमावर्ती क्षेत्रमा तस्कर र प्रहरीबीच गोली हानाहान, दुई जना घाइते

Posted on July 17, 2020 | views : 1699 | सुनसरी - SNS

साउन २, इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का र

Read More

आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या

Posted on June 30, 2020 | views : 2001 | सुनसरी - SNS

असार १६, इनरुवा। सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला अदालत सुनसरीका ४ नम्बर न्य

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28500 | सुनसरी - SNS

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27762 | सुनसरी - SNS

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30870 | सुनसरी - SNS

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

हत्या गरेको आरोपमा दुई पक्राउ

Posted on May 31, 2020 | views : 1883 | सुनसरी - SNS

जेठ १८, सुनसरी | जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शुक्रबार

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26944 | सुनसरी - SNS

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 24006 | सुनसरी - SNS

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

प्रदेश २ : ३६३ को कोरोना परीक्षण १३२ को रिपोर्ट नेगेटिभ

Posted on April 12, 2020 | views : 3472 | सुनसरी - SNS

चैत ३०, धनुषा । प्रदेश नं २ मा शनिबारसम्म ३६३ कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको थ्रोट स्वाब परीक्षण गरिएको छ । तीमध्ये १३२ को रिपोर्ट नेगेटिभ आएको छ भने २३१ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश नं २ मा यही चैत २१ गतेबाट शुरु गरिएको ल्याब परीक्षणमध्ये नारायणी अस्पताल वीरगञ्जमा ९७ को परीक्षण गरिएकामा ६

Read More

सीमामा गौडैपिच्छे सशस्त्रको अस्थायी पोस्ट

Posted on April 08, 2020 | views : 2958 | सुनसरी - SNS

चैत २६, विराटनगर | कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीमा भारतबाट हुनसक्ने लुकीछिपी आवतजावतलाई रोक्न झापाको सीमा क्षेत्रमा गौडैपिच्छे सुरक्षा व्यवस्था कसिलो बनाइएको छ । भारतसँग खुला सिमाना रहेको झापाको १४४ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले तीन दिनभित्रमा ५८ वटा अस्थायी

Read More

प्रदेश नं १ समाचारः ५९ जनाको स्वाब टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ

Posted on April 03, 2020 | views : 5231 | सुनसरी - SNS

चैत २१, विराटनगर | प्रदेश नं १ मा कोभिड १९ को आशङ्कामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ । सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र सङ्खुवासभाबाट एकएक, तेर्हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुईदुई, सोलुखुम

Read More

मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड–१९ को रोकथाम, प्रतिरक्षा र उपचार समिति गठन

Posted on March 29, 2020 | views : 7095 | सुनसरी - SNS

चैत १६, विराटनगर | प्रदेश नं १ सरकारले प्रदेशमा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन शनिबार विभिन्न समिति गठन गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा

Read More

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Posted on March 29, 2020 | views : 1944 | सुनसरी - SNS

चैत १६, सुनसरी | सुनसरी सदरमुकाम इनरुवा–६ मा शनिबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे६प १८३० नंको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारको क्रममा जि

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22815 | सुनसरी - SNS

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

बस र माइक्रो एक आपसमा ठोक्किदा चारजनाको मृत्यु,६ जना घाइते

Posted on February 02, 2020 | views : 1952 | सुनसरी - SNS

माघ १९, विराटनगर | सुनसरीमा माइक्रो र  बस एक आपसमा ठोक्किदा चारजनाको मृत्यु भएको छ भने,छ जना यात्रु घाइते भएका छन्  | आइतबार बिहान तितृबनामा हुस्सुका कारण माइक्रो र बस ठोक्किएको  जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले जनाएको छ | इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस

Read More