२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इनरुवामा २६ गतेसम्म पूर्ण लकडाउन

२० श्रावण २०७७, मंगलवार १२:४६

साउन २०, इनरुवा। सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको सरोकारवालासँगको बैठकले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएका कारणले २६ गते सोमबारसम्म बजार क्षेत्रमा पूर्णरुपले लकडाउने गर्ने निर्णय गरेको हो । इनरुवा–१ का एक जनामा कोरोना भाइरस पोजेटिभ भेटिएपछि त्यसलाई नियन्त्रण गर्न र अन्य व्यक्तिमा सङ्क्रमण फैलिन नदिनका लागि बजार क्षेत्रका अतिआवश्यक सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिनुभयो । 

नगरपालिकाले बजार क्षेत्रभित्र रहेका सम्पूर्ण पसल, होटल, सार्वजनिक याताताय, सिटी सफारी, टेम्पोलगायतका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख मेहताले बताउनुभयो । 

त्यसैगरी नगर क्षेत्रमा रहेका कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकबाहेकका सबै बैंक तथा वित्तीय संस्था, नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवासमेत अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरेको नगरप्रमुख मेहताले जानकारी दिनुभयो । 

सङ्क्रमण भेटिएका एक जना व्यापारीको क्लोज कन्ट्रयाक्टमा आएका ६५ जनाको बुधबार स्वाब सङ्कलन गर्ने, इनरुवाका १० वटै वडाबाट प्रतिवडा ५० जनाको दरले स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइने, पिसिआर परीक्षणको दायरा बढाउने निर्णय भएको नगरपालिकाका स्वास्थ्य शाखाका मिश्रीलाल मेहताले बताउनुभयो । नगरपालिकाको निर्णयलाई उल्लङ्घन गरेको पाइएमा सिधै क्वारेन्टिइनमा त्यस्ता व्यक्तिलाई राख्नेसमेत नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य