२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं १ मा १३९ सङ्क्रमित थपिए, कुन जिल्लामा कति थपिए सङ्क्रमित ?

२०७७, २ भाद्र मंगलवार १३:०७

भदौ २, विराटनगर (रासस) । प्रदेश नं १ मा आज १३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार २३२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित मोरङमा १०५, झापामा २०, सुनसरीमा छ, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, पाँचथर र प्रदेश १ बाहिरका दुई जना रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमण देखिएका मध्येमा ४२ महिला र ९७ जना पुरुष छन् । 

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना सङ्क्रमित भएका छन् । जसमा ३१ जना महिला र ६५ पुरुष छन् । बुढीगङ्गामा दुई महिला तीन पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, ग्रामथान र पथरी शनिश्चरेमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, झापाको दमकमा सात पुरुष, भद्रपुरमा एक महिला पाँच पुरुष, झापा गाउँपालिकामा दुई पुरुष, कनकाइमा एक महिला र झापाको स्थानीय तह नखुलेका चार जना पुरुष, सुनसरीको इटहरीमा एक महिला दुई पुरुष, धरानमा दुई महिला एक पुरुष, सङ्खुवासभाको सभापोखरीका तीन पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा एकएक पुरुष, पाँचथरको कुम्मायकमा एक महिला र धनुषाका एक महिला र महोत्तरीका एक महिलामा कोरानाको सङ्क्रमण देखिएको छ ।

प्रदेश नं १ बाट आज ३४ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । घर फर्कनेमा कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरबाट १६ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या एक हजार १३३ पुगेको छ । 

यसै प्रदेशमा आज दुई हजार ६३१ जनाको पिसीआर परीक्षण गरिएको छ भने हालसम्म ७० हजार १०२ जनाको पिसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने