सुर्खेतमा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

Posted on: 12 Mar, 2024

फागुन २९,  सुर्खेत | सुर्खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बारा जिल्ला घर भई हाल सुर्खेतकाे वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पट्टेल मृत अवस्थामा फेला परेका हुन्।

सुर्खेत प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजेको समयमा पट्टेलकाे शव घाँटी काटिएको अवस्थामा उनकै घरमा फेला परेकाे हाे।

उनको घाँटीमा गहिरो चोट लागेको घटनास्थल पुगेका एक प्रहरीले जानकारी दिए। उनका अनुसार घटनास्थलमा रगत लागेको चुलेसी समेत फेला परेको छ।

‘पट्टेल बिहान ११ बजे मृत फेला परेको त्यहाँका स्थानीयले जानकारी दिएका थिए।’ उनले भने ‘हामी त्यहाँ गएको बेला उनको घाँटीमा गहिरो चोट लागेको थियो, रगत बगिरहेको थियो, उनकै कोठामा ब्लड लागेको चुलेसी समेत फेला परेको छ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!