Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

बिमान दुर्घटना हुँदा ९२ जनाको मृत्यु, रुसमा सोमबार राष्ट्रिय शोक मनाईने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १०, मस्को । रुसी सेनाको एक सैन्य विमान ब्ल्याक सीमा दुर्घटना हुँदा विमानमा सवार सबै ९२ जनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । 

रुसबाट सिरियातर्फ गइरहेको उक्त बिमानमा सेनाका अधिकारीहरु, उनीहरुको सांगितिक समूह र केही पत्रकारसमेत रहेका थिए । सिरियाको लताकिया सहरको बाहिरी इलाकामा रहेको रसियाली सेनाको समूहलाई नयाँ बर्षको कार्यक्रम मनाउनको लागि सांगितिक समूहसमेत साथमा लगेका जनाइएको छ ।

दुर्घटनाग्रस्त विमानको केही टुक्रा समुद्री तटबाट डेढ किलोमिटर टाढा फेला परेको जनाइएको छ । रुसी सैन्य जहाज, हेलिकोप्टर तथा ड्रोनका माध्यमबाट विमानको बाँकी हिस्सा खोज्ने काम भइरहेको अधिकारीहरुको भनाइ छ ।

रुसी सेनाको सो विमान सोचीस्थित एडलर विमानस्थलबाट उडान भरेको २० मिनेटपछि बेपत्ता भएको थियो । घटना पुष्टि भएसंगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सोमबार राष्ट्रिय शोक मनाउ