पुस ११, काठमाडौं । पराम्परागत रुपमै अति घनिष्ट सम्बन्ध रहेको मित्रराष्ट्र अमेरिकासँग इजरायल रुष्ट बनेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्यालेष्टाइनको सी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, काठमाडौं । पराम्परागत रुपमै अति घनिष्ट सम्बन्ध रहेको मित्रराष्ट्र अमेरिकासँग इजरायल रुष्ट बनेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्यालेष्टाइनको सी"/>
2026-06-24 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलको अमेरिकासँगको सम्बन्ध चिसियो

पुस ११, काठमाडौं । पराम्परागत रुपमै अति घनिष्ट सम्बन्ध रहेको मित्रराष्ट्र अमेरिकासँग इजरायल रुष्ट बनेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्यालेष्टाइनको सीमामा अवैध इजरायली बस्ती हटाउने प्रस्ताव पारित गरेपछि अमेरिका र इजरायलबीचको सम्बन्ध थप चिसिएको हो । 

प्रस्ताव पारित हुन नदिन अमेरिकाले भिटो प्रयोग नगरी मतदानमा समेत अनुपस्थित भएको आरोप इजरायलले लगाएको छ । अमेरिकाको ब्यबहारबाट रिसाएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राजदूत डेन शापिरोलाई अत्प्रयाशित रुपमा आफ्नो कार्यालयमा बोलाएका छन् । 

विदेशमन्त्री समेत रहेका नेतन्याहुले शुक्रवार प्रस्तावको पक्षमा मतदान गरेका राष्ट्रका राजदूतहरुलाई यसअघि नै कार्यालयमा बोलाइसकेका छन् । इजरायलले प्रस्ताव पारित हुनु लज्जास्पद भन्दै राष्ट्रसंघसँगको सम्बन्धको समीक्षा गर्ने बताइसकेको छ । नेतन्याहुले ओबामा प्रशासनप्रति आक्रोश पोख्दै एउटा मित्रले अर्को मित्रलाई सुरक्षा परिषद्मा नधकेल्ने बताए ।

अमेरिका र इजरायल परम्परागत मित्र राष्ट्रका रुपमा हेर्ने गरिन्छ । सन् १९६७ मा इजरायलले पश्चिम किनारा र पूर्वी जेरुसेलम प्यालेस्टाइनबाट नियन्त्रणमा लिएको थियो । त्यसबेला देखि यि दुई क्षेत्रमा एक सय ४० बस्तीमा पाँच लाख यहुदी बस्दै आएका छन् । (एजेन्सी)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे