Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

इराकमा भएको बम बिस्फोटमा कम्तीमा १९ जनाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १६, बग्दाद । इराकको बग्दादमा भएको बम विस्फोटनमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । 

बग्दादको भित्र भागमा रहेको अति व्यस्त बजार क्षेत्रमा शनिबार दुई ओटा बम विस्फोट भएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

घटनामा परी अन्य दर्जनौं घाइते भएका छन् । कम्तीमा पनि ३८ जना घाइते भएका समाचारहरुमा जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एएफपी