युक्रेनलाई अब एक हप्तासम्म मात्र सहयोग गर्न अमेरिकासँग पैसा बाँकी

Posted on: 10 May, 2022

वैशाख २७, काठमाडौँ | युक्रेनलाई अबको एक हप्तासम्म मात्र सैन्य सहयोग गर्ने पैसा अमेरिकासँग बाँकी रहेको रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले बताएका छन् । 


सोमवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले युक्रेनमा लगानी गर्नका लागि लगभग १० करोड डलर मात्र बाँकी रहेको बताए । त्यसैले बाइडन प्रशासनले कंग्रेसलाई थप ३३ अर्ब डलर बराबरको सहायता प्याकेज पारित गर्न आग्रह गरेको उनको भनाइ छ । 

अहिलेसम्म कंग्रेसले यो रकम छुट्ट्याएको छैन । कंग्रेसलाई छिटो रकम निकासा गर्न आग्रह गरिएको कर्बीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!