मन्त्रीका छोरामाथि बलात्कारको आरोप लगाउने युवतीलाई दिनदहाडै व्यस्त सडकमा कालो छ्यापियो

Posted on: 12 Jun, 2022

जेठ २९, दिल्ली | एजेन्सी | राजस्थान सरकारका मन्त्री महेश जोशीका छोरामाथि बलात्कारको आरोप लगाउने महिलामाथि कालो पदार्थ छ्यापिएको दिल्ली प्रहरीले जनाएको छ ।

समाचार एजेन्सी एएनआईले दिल्ली पुलिसलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। कुरा शनिबारको हो । प्रहरीका अनुसार कालिन्दी कुञ्जमा भएको यस घटनाको सम्बन्धमा शाहीनबाग थानामा मुद्दा दर्ता गरिएको छ र अनुसन्धान भइरहेको छ।

Image

योसँगै दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले पनि यस विषयमा एफआईआर दर्ता गर्न दिल्ली पुलिसलाई नोटिस जारी गरेकी छिन् ।

स्वाती मालिवालले ट्वीट गरेकी छन्, “राजस्थानका मन्त्री महेश जोशीका छोरा रोहित जोशीमाथि आरोप लगाउने युवतीलाई दिल्लीमा दुई अज्ञात व्यक्तिले केही पदार्थ हानेका छन् । अशोक गहलोत जी मन्त्रीका छोरालाई बचाउनुको सट्टा पक्राउ गर्नुहोस्। दिल्ली पुलिसले यस आक्रमणको एफआईआरको लागि म नोटिस जारी गर्दैछु।’


गत महिना एक २३ वर्षीय सञ्चारकर्मीले राजस्थानका जलस्रोत मन्त्री महेश जोशीका छोरा रोहित जोशीले उनीसँग मित्रता बनाएर बलात्कार गरेको बताएकी थिइन् । यस मामिलामा युवतीको उजुरीको आधारमा दिल्ली पुलिसले शून्य एफआईआर दर्ता गरेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!