सुनको भाउ तोलामा ७ सय रुपैयाँ घट्यो

Posted on: 25 Aug, 2020

भदौ ९, काठमाडौं । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

हिजो तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!