३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एक साताभित्र युक्रेनमा हतियार पुग्छ: अमेरिका

१२ बैशाख २०८१, बुधबार ११:४९

बैशाख १२, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने बताएका छन् । गत हप्ता मात्रै अमेरिकी सिनेटले युक्रेनलाई ६१ अर्ब डलरको सहायता उपलब्ध गराउने कानुनलाई अनुमोदन गरेको थियो ।

अमेरिकी कांग्रेसमा विगत ६ महिनादेखि विधेयक अड्किएको थियो । तर, मतदानमा सिनेटले युक्रेनका लागि राहत प्याकेजलाई अनुमोदन गरेको छ । जुनसुकै बेला बाइडेनले यो विधेयकमा हस्ताक्षर गर्न सक्ने विश्वास गरिएको छ । यस विधेयकमा इजरायल र ताइवानका लागि अर्बौँ डलरको सहायताको प्रावधान पनि छ ।


यो राहत प्याकेजले अत्याचार र दमनका विरुद्ध अमेरिका बलियो रूपमा उभिएको छ भनेर देखाएको बाइडेनको भनाइ छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि राहत प्याकेजका लागि अमेरिकी सिनेटप्रति आभार व्यक्त गरेका छन् । जेलेन्स्कीले यो सहयोग आफ्नो देशका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् ।

राहत प्याकेजलाई स्वीकृत गरेर अमेरिकाले युक्रेन युद्धमा कत्तिको हस्तक्षेप गरिरहेको छ भन्ने देखाएको पछि रुसले बताएको थियो । जेलेन्स्कीले लामो समयदेखि रुससँग लड्न पश्चिमी हतियारहरू खोज्दै आएका थिए । रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । यस भयावह युद्धमा दुवै पक्षबाट दसौँ हजार मानिस मारिएका छन् र युक्रेनको ठुलो जनसङ्ख्या घरबारविहीन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’