सुनचाँदीको भाउ बढ्यो

Posted on: 31 Aug, 2020

भदौ १५, काठमाडौँ । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ ।  चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

गत सातादेखि सुनको मूल्यमा सामान्य घटबढ भइरहेको छ। गत साताको पहिलो दिन तोलाको ९८ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको ९६ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो । सोमबार चाँदीको मूल्य तोलामा २५ रुपैयाले बढेर तोलाको १ हजार ३ सय ६५ रुपैयाँ भएको छ। आइतबार तोलाको १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य एक सातामा २५ रुपैयाँले बढेको हो।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!