बैशाख १२, क्यार्लिफोनिया | हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले आफ्नो बारेमा चकित पार्ने खुलासा गरेकी छिन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १२, क्यार्लिफोनिया | हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले आफ्नो बारेमा चकित पार्ने खुलासा गरेकी छिन् । 

३ माघ २०८२, शुक्रबार
विश्व

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

१२ बैशाख २०८१, बुधबार ०८:१८

बैशाख १२, क्यार्लिफोनिया | हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले आफ्नो बारेमा चकित पार्ने खुलासा गरेकी छिन् । 

एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले सन् २००० को दशकमा आफूसँग भएको एउटा घटनालाई सम्झिन्, जब उनलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनिएको थियो । यो उनको लागि निकै स्तब्ध पार्ने घटना थियो। त्यतिबेला कलाकारसँग सम्बन्ध माग्नु सामान्य मानिन्थ्यो । तर, अडिसनका क्रममा यसो गर्नु भन्दा नराम्रोबाहेक अरु कुनै हुनै नसक्ने उनको विश्वास छ ।


हालै वी म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा अभिनेत्री एनी ह्याथवेले यो अनौठो अडिसनको उल्लेख गरेकी छिन् । अभिनेत्रीले भनिन्,  ‘यो सन् २००० को दशकको कुरा हो, जब यो मेरो साथमा भएको थियो । मलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनियो । मलाई भनियो कि आज १० जना आउँदैछन् र तपाईलाई छनोट गरिएको छ। के तपाईं ती सबै मानिसहरूसँग सम्बन्ध बनाउन तयार हुनुहुन्छ ?’

ओस्कार विजेता अभिनेत्री एनी ह्याथवेले अगाडी भनिन्,  ‘निर्देशकको यो माग सुनेर म छक्क परें । एक पलको लागी मलाई लाग्यो कि सायद मसँग केहि गलत छ, यसबारे म पटक्कै उत्साहित भइनँ । मलाई साह्रै नराम्रो लागेको थियो ।’

अभिनेत्रीले भनिन्, ‘मैले केही गर्न सकिनँ त्यसैले उत्साहित भएको नाटक गरें। मलाई चिनेपछि कसैले मलाई दुव्र्यवहार गर्न खोजेको थिएन वा मलाई चोट पुर्‍याएको थिएन तर त्यो समय थियो। यो सबै सामान्य कुरा थियो।’

एनी ह्याथवे अहिले फिल्म ‘द आइडिया अफ यु’ को कारण चर्चामा छिन् । यो एक रोमान्टिक कमेडी फिल्म हो, जसमा अभिनेत्रीले धेरै उमेरकी महिलाको भूमिका निभाएकी छिन् । यसमा उनी एकल आमाको भूमिकामा छिन् । 

कथाको बारेमा कुरा गर्दा, फिल्ममा एनी ह्याथवे आफ्नी छोरीको मनपर्ने पप स्टार निकोलस ग्यालिट्जिनको प्रेममा पर्छिन्। वास्तवमा, निकोलस ग्यालिट्जिन भूमिकामा एनी ह्याथवे भन्दा धेरै कान्छी छन्। ‘द आइडिया अफ यु’ मे २ बाट प्राइम भिडियोमा स्ट्रिम हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’