आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस्

Posted on: 10 Sep, 2020

भदौ २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ । 

युरो एकको खरिददर १३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७४ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ । 

त्यसैगरि युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३११ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१२ रुपैयाँ ८४ पैसा रहेको छ । कुवेत दिनार एकको खरिददर ३८३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ३५ पैसा रहेको छ । 

हेर्नुहोस् आजको दररेट 


यस बिषयमा तपाइको प्रतिक्रिया...!