भायानेटको ल्यायो ‘भायानेट बडा दशैंमा बडा टिभी’फेस्टिभ अफर

Posted on: 01 Oct, 2020

असोज १५, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले चाडपर्वको अफर भायानेट बडा दसैंमा बडा टीभी ल्याएको छ । कम्पनीकाअनुसार दसैं र तिहारको उपलक्ष्यमा ल्याइएको यो योजनामा ग्राहकलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ ।


योजनाअन्तर्गत भायानेटका ग्राहकहरुले ४३ इन्चको स्काईवर्थ एलईडी टीभीका साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटीभी सेवा ४१ हजार ९ सय ९० रुपैयाँ प्राप्त गर्नेछन् । ३२ इन्चको स्काईवर्थ एलईडीको साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा २८ हजार ९ सय ९० प्राप्त गर्ने जनाइएको छ ।

यस्तै भायानेटले ई-सेवाको ६ सय ५० सम्मको क्यास भाउचर प्रदान गर्ने र पुराना ग्राहकले थप ६ सयसम्मको छुट पनि प्राप्त गर्ने जनाइएको छ । यस अफरबाट टेलिभिजन सेटमा बजार मूल्यको दाँजोमा ३५ प्रतिशत बढीको छुट पाउने दाबी कम्पनीको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!