बिहीबार पनि घट्यो सुनको मूल्य

Posted on: 08 Oct, 2020

असोज २२, काठमाडौं । बिहीबार सुनको भाउमा गिरावट आएको छ । बुधबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९३ हजार ४ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ११ सय ८० रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!