सानिमा बैंकले १३.६ प्रतिशत लाभांस घोषणा गर्यो

Posted on: 14 Oct, 2020

असोज २८, काठमाडौं । सानिमा बैंकले १३.६ प्रतिशत लाभांस घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर दिने छ । बाँकी ३.६ प्रतिशत नगद लाभांस दिने छ। नगद लाभांसबाटै कर पनि तिर्नु पर्ने हुन्छ ।

बैंकको लाभांसलाई राष्ट्र बैंकले सुरुवाति स्वीकृति दिइसकेको छ। अब बार्षिक प्रतिवेदन त्यहाँबाट स्वीकृत हुन बाँकी छ। बैंकले तिहारअघि साधारणसभा गर्ने तयारी गरेको छ ।

बैंकको अहिले ८ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी छ । १० प्रतिशत वोनस सेयर दिएपछि चुक्ता पुँजी ८८ करोड रुपैयाँले बढ्ने छ । बैंकले अघिको बर्ष २१.०५ प्रतिशत लाभांस दिएको थियो। यसमध्ये १० प्रतिशत बोनस सेयर नै थियो । लाभांस घोषणा गर्ने सानिमा तेस्रो बाणिज्य बैंक हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!