आजदेखि विदेशी च्यानलमा विज्ञापन नआउने (विज्ञप्ति सहित)

Posted on: 23 Oct, 2020

कात्तिक ७, काठमाडौँ | सरकारले आजदेखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ७ गते देखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गरेका थिए । 

सरकारको निर्देशन अनुसार नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गते सम्म तोकेको थियो । सरकारले २०७६ कात्तिक ८ गतेदेखि लागू भएको विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ मा विदेशी च्यानलहरुले विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था रहेको छ । आजदेखि टेलिभिजन सेवा प्रदायकहरुले क्लिनफिड कार्यान्वयन गरे/नगरेको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्नेछ । यस कामका लागि विज्ञापन वोर्ड समेत गठन गरिएको छ । 

नवगठित विज्ञापन बोर्डले क्लिन फिड लागू भए नभएको सम्बन्धमा अनुगमन गर्न आवश्यक तयारी पुरा गरिसकेको छ । कात्तिक ८ गते देखि नेपालमा क्लिन फिड लागू नगर्ने कुनैपनि सेवाप्रदायकलाई कानुन अनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले बताए । मन्त्रालयले यससम्बन्धी छुट्टै विज्ञप्ति समेत जारी गरेको छ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!