सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on: 01 Nov, 2020

कार्त्तिक १६, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत  शुक्रबार सुन तोलामा एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । 

आज चाँदीको भाउ तोलाको ११ सय ८० रुपैयाँ तोकिएको  छ । यसैबीच भाउ महँगो भएर कारोबार फाट्टफुट्ट मात्रै भएपछि नेपालमा सुन आयात घटेको छ । यसअघि दैनिक १० किलोका दरले महिनामा विभिन्न बैंकले ३ सय किलोसम्म सुन आयात गर्ने गरेका महासंघले जनाएको छ । 

तर नयाँ आर्थिक वर्ष सुरु भएपछिको तीन महिनामा एक सय किलो मात्र सुन आयात भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!