सोमबार सुनचाँदीको भाउ कति छ ?

Posted on: 02 Nov, 2020

कात्तिक १७, काठमाडौँ । आज सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि आज  कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 तेजावी सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!