बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न

Posted on: 12 Nov, 2020

कार्तिक २७, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ | नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरीएको हो |

नवनिर्मित हेलिप्याडबाट बुधबार पहिलो उडान गरिएको प्रधनमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए | उनका अनुसार,प्रधनमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जानेक्रममा नवनिर्मित हेलिप्याडबाट नै  प्रयोग गरेका थिए | 

त्यस्तै साँझ निवास फर्किदा पनि सोहि हेलिप्याडमै अवतरण गरिएको थियो | उक्त हेलिप्याड निर्माण पश्चात बालुवाटारबाट एयरपोर्ट जाँदा-आउँदा हुने ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या सहज हुने विश्वास लिइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!