सिटिजन्स बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंकको अनुमति

Posted on: 18 Nov, 2020

मङ्सिर ३, काठमाडौं |  सिटिजन्स बैंकले प्रस्ताव गरेको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ |

बैंकले यसअघि गत आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य मुनाफाबाट ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । जसमा बोनस ८ प्रतिशत र नगद लाभांश ३ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको अनुमति पछि उक्त प्रस्ताव बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयर लगानीकर्ताले पाउने छन् ।

बैंकले मंसिर २० गते साधारणसभा बोलाएको छ । उक्त साधारणसभामा लाभांशको प्रस्ताव लगिने छ । मंसिर १० गतेसम्म कायम रहेका लगानीकर्ताले उक्त लाभांश पाउने छन् । बैंकले १० गते बुक क्लोज गर्ने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!