दुबईको अल फर्दानबाट सिटी एक्स्प्रेस मार्फत पैसा पठाउँदा दिपकले जिते २ लाख

Posted on: 28 Dec, 2020

पुस १३,काठमाडौं । दुबईको अल फर्दान एक्सचेन्ज र सिटी एक्स्प्रेस मनी ट्रान्सफरको आयोजनामा गरिएको ‘दशैं तिहार बम्पर धमाका’अन्तर्गत दिपक राम टमाटाले रु. २ लाख जित्न सफल भएका छन् |

उक्त योजनाअन्तर्गत दुबईको अल फर्दान एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा उनले रु. २ लाख जितेका हुन् ।

यस योजनामा बिजेता छनोट लक्की ड्रमार्फत गरिएको थियो जसअन्तर्गत सिटी एक्स्प्रेसबाट पैसा पठाएर ८ जनाले कलर टिभी, ४ जनाले माईक्रोवेभ ओभन, ४ जनाले ब्लेन्डर, ५ जनाले राइस कुकरलगायत ६ जनाले इलेक्ट्रीक केट्टल जस्ता घरेलु उपकरणहरु जितेका थिए ।

सिटी एक्सप्रेसले १४ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आएको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढि भुक्तानी केन्द्ररहेका छन् । सिटी एक्सप्रेसबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्न, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सेवाहरु दिंदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!