नेप्से परिसूचक ३.६६ अंकले बढ्यो

Posted on: 21 Feb, 2021

फागुन ९, काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ३.६६ अंक अर्थात ०.१४ प्रतिशतले बढेर २६४०.३४ बिन्दुमा रोकिएको छ । नेप्से बढेपनि आज सेन्सेटिभ इण्डेक्स भने सामान्य घटेको छ ।

आज २०७ कम्पनीको ९३ हजार ३९ पटकको कारोबारमा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार रुपैयाँ बराबरको २ करोड ४३ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । ९१ कम्पनीको शेयरमूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ। बाँकी ९ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

कारोबारमा आएका ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबार अपर तामाकोशी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर, नेपाल हाइड्रो, चन्द्रागिरी हिल्स र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!