नेप्से परिसूचक ३२.६७ अंकले घट्यो

Posted on: 22 Feb, 2021

फागुन १०, काठमाडौँ । साताको दोश्रो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ३२.६७ अंक अर्थात १.२४ प्रतिशतले घटेको छ । सोमबार २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७० रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा आँखु खोला जलविद्युत कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल हाइड्रोडेभपलर्स, अपर तामाकोसी र चन्द्रागिरि हिल्स रहेका छन् । केहि समय अघि मात्रै आइपिओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भने लगातार सर्किट लेभलमा कारोबार भएको छ ।

यस्तै आज  सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा सेञ्चुरी बक, सिभिल बैंक, मेगा बैंक, नविल इक्विटी फन्ड र माछापुछ्रे बैंक छन् । कारोबारमा आएका १२ वटा उपसमूह मध्ये हाइड्रोपावरको बाहेक सबैले गुमाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!