सुनको मूल्य ११ सयले बढ्यो,कति पुग्यो प्रतितोला ?

Posted on: 23 Feb, 2021

फागुन ११, काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । पछिल्लो केहि समय ओरालो लागेको सुनको भाउ सोमबार भने  स्थिर रहेको थियो। हिजोको तुलनामा आज प्रतितोला रु ११ सयले बढेर छापावाल सुनको मूल्य ९० हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय ५० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार १३३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!