महिला लघुवित्तको आईपीओ भोलि बाँडफाँड,कसले कति पाउँछन् ?

Posted on: 25 Feb, 2021

फागुन १३, काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको शुक्रबार आईपीओ बाँडफाँड गर्ने भएको छ । भोलि बिहान ८ बजे ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर बाँडफाँड गर्ने भएको हो । गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरले ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो । 

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वधारणले पाउनेछन् । संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गका अनुसार माग गरेभन्दा झण्डै ६३ प्रतिशत बढीले माग आवेदन दिएका छन् । 

संस्थाको कुल ४ लाख सेयरमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकको २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको छ ।   छ । 

गोलाप्रथाद्वारा बाँडफाँड गर्दा करिब ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने १४ लाख ८१ हजार भन्दा बढि आवेदकहरूको हात खाली हुने देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!