यस्तो छ आजको विनिमयदर

Posted on: 18 Mar, 2021

चैत ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६६ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९० रुपैयाँ २ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९६ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!