४२.९५ अंकले बढ्यो नेप्से

Posted on: 18 Mar, 2021

चैत ५, काठमाडौँ । बिहिबार शेयर बजार मापक परिसूचक अंक(नेप्से)४२.९५ अंकले बढेर २४७५ को बिन्दुमा रोकिएको छ ।

आज साताको अन्तिम दिन कारोबारमा आएका २ सय १३ कम्पनीको ५७ हजार ७ सय ४२ पटकको १ करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता शेयर ४ अर्ब ६६ करोड १७ लाख ९५ हजार १ सय ८७ रुपैंयामा खरिद बिक्रि भएको छ ।

बुधबार कारोबारमा आएका ४ वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्स रहेको छ । यस्तै कारोबारमा आएका १३ वटा उप समूह मध्ये ट्रेडिङबाहे सबैको शेयर मूल्य बढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!