५ सयले बढ्यो सुनको मूल्य,कति पुग्यो प्रतितोला ?

Posted on: 21 Mar, 2021

चैत ८, काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा प्रतितोला रु ५ सयले बढेर छापावाल सुनको मूल्य ८७ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यसअघि प्रतितोला सुन ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ८६ हजार ७ सय ५० कायम भएको महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला रु ५ ले बढेर चाँदीको मूल्य १२ सय ८० कायम भएको हो । केहिदिन अघि घटेको सुनको भाउ फेरि उकालो लाग्न थालेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!