घट्यो सुनको मूल्य

Posted on: 22 Mar, 2021

चैत ९, काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा प्रतितोला रु २ सयले घटेर ८७ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आईतबार प्रतितोला सुन ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य ८६ हजार ५ सय ५० कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । हिजोको तुलनामा प्रतितोला रु २० ले घटेर चाँदीको मूल्य १२ सय ६० कायम भएको हो । आइतबार चाँदीको मूल्य १२ सय ८० कायम भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!