बेरोजगार हुनुहुन्छ ? ३ बैंकले मागे कर्मचारी, अनलाइनबाटै आवेदन दिन पाइने

Posted on: 22 Mar, 2021

चैत ९, काठमाडौँ । नेपाल बैंक लिमिटेड सहित विभिन्न बैंकहरुले रोजगारीका अवसरहरु खुलाएका छन् । नेपाल बैंक लिमिटेड, बैंक नविल बैंक, राष्ट्रिय सहकारी बैंकले विभिन्न पदमा कर्मचारी माग गरेका छन् ।

नेपाल बैंक लिमिटेडमा सहायक देखि अधिकृत स्तरका विभिन्न पदका लागि कर्मचारी माग गरिएको छ । सोका लागि अनलाइन दरखास्त आह्वान गरिएको छ । प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । 

नेपाल बैंकले एक सूचना प्रकाशन गरी लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो । अनलाइन दरखास्त खुलेको र सो को अन्तिम म्याद चैत १२ गतेसम्म रहने छ ।नेपाल बैकले सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायक कर्मचारी गरी एक सय ९२ जनाका लागि आवेदन आह्वान गरेको छ ।

त्यसैगरी नबिल बैंकले सूचना निकाल्दै करिब ९० जना कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीतर्फ १५ जना, ट्रेनी एसिसटेन्टका लागि सातै प्रदेशमा ७० जना र ट्रेनी एसिसटेन्ट आइटी डिपार्टमेन्टका लागि ४ जना कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका नेपालीले अनलाइनबाटै चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

राष्ट्रिय सहकारी बैंकले विभिन्न पदमा गरि कुल ६३ नयाँ कर्मचारी मागेको छ । बैंकले अधिकृत (कानुन) पदमा १ जना, सहायक अधिकृत पदमा ११ जना, सहायक अधिकृत (सूचना प्रविधि) पदमा १ जना, बरिष्ठ सहायक पदमा २ जना, कनिष्ठ सहायक (बैंकिङ व्यवसाय) पदमा ४५ जना र कनिष्ठ सहायक (सूचना प्रविधि) पदमा ३ जना गरि कुल ६३ कर्मचारी माग गरेको हो । बैंकले इच्छुक तथा योग्य आवेदकलाई चैत्र १८ गते भित्र आवेदन दिन आग्रह गरेको छ ।

कर्मचारी माग गरिएका बैंकका वेभसाइटमा गएर फारम अनलाइनबाटै भर्न सकिन्छ भने आवेदन पनि अनलाइनबाटै दिन सकिने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!