६ सयले घट्यो सुनको मूल्य

Posted on: 26 Mar, 2021

चैत १३, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज प्रतितोला रु ६ सयले घटेर छापावाल सुनको मूल्य ८६ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि बिहिबार छापावाल सुनको मूल्य ८६ हजार ९ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ८५ हजार ८ सय ५० कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । 

आज प्रतितोला चाँदी रु १२ सय ३० मा कारोबार भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!