एक महिनामा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

Posted on: 05 Apr, 2021

चैत २३, काठमाडौं । नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले एक महिनामा दुई पटक मूल्य बढाएको हो । हिजो राति १२ बजे देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयाल निगमले जनाएको छ  । 

निगमले यसअघि चैत ३ मा पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धनको मूल्य बढाएको थियो । पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा प्रति लिटर रू २ ले वृद्धि भएको छ । योसंगै काठमाण्डौं ( निगमको टिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र ) को लागि नयाँ खुद्रा तथा बिक्रि मूल्य क्रमशः रू. १२० तथा रू. १०३ प्रति लिटर कायम गरिएको छ । 

एल.पि. ग्याँस तथा हवाई ईन्धनको खुद्रा बिक्रि मूल्य भने यथावत राखिएको छ । मूल्य समायोजन पश्चात् पनि पेट्रोलमा प्रति लिटर रू ७ डिजेलमा प्रति लिटर रू १ तथा एल.पि.ग्यासमा प्रति सिलिण्डर रु. ४७ घाटा भई अर्धमासिक रूपमा करिब रू८८ करोड घाटा हुने निगमले जनाएको छ । 

निगमका अनुसार जस मध्ये एल.पि.ग्याँसको कारोवारबाट मात्र पाक्षिक रू ६०।१३ करोड घाटा रहेको अवस्था छ । सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!