कतारको सेन्ट्रल बैंकले रियाल चलनचल्तीबाट हटाउँदै,वैशाख २७ भित्र नोट सटही गरिसक्नुपर्ने

Posted on: 20 Apr, 2021

वैशाख ७, काठमाडौँ । कतारको केन्द्रीय बैंकले निष्काशन गरेका चौथो संस्करणका चलनचल्तीका कतारी रियाल नोटहरु हटाइने भएको छ । बैंकले २०२१ जुलाई १ पश्चात उक्त नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको हो ।

कतारी केन्द्रीय बैंकले यस्तो निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले वैशाख २७ गतेभित्र नोट साट्न अपिल गरेको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले कतारी रियाल भएका  नेपालीले आगामी बैशाख २७ गते भित्र सटही गरिसक्न आग्रह गरेको हो । 

नोट सटहीका लागि बैंकले सम्बन्धित बैंकको बैकिङ्ग विभाग, बैकिङ्ग कारोबार गर्ने प्रदेश स्थित कार्यालयहरु तथा विदेशी विनिमयको कारोबार गर्ने इजाजत प्राप्त संस्थाहरूबाट सटही गर्न सकिने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!