मध्यभोटेकोसी जलविद्युत आयोजनालाई आइपिओ निष्कासनको अनुमति

Posted on: 22 Apr, 2021

बैशाख ९, काठमाडौं । मध्यभोटेकोसी जलविद्युत आयोजनाले आइपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई डेढ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको हो। 

कम्पनीले १ सय अंकित मूल्यमा सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। कुल सेयरमा २५ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको हो। सर्वसाधरणलाई १५ र प्रभावित जिल्लाबासीलाई १० प्रतिशत सेयर दिइनेछ। 

प्रभावित स्थानीय र सर्वसाधारणका लागि सो परिमाण छुट्याइएको छ। बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ। बोर्डको स्वीकृति पाइसकेको आयोजनाले अबको २ महिनाभित्र आइपिओ जारी गर्नेछ। 

सिन्धुपाल्चोकमा निर्माणाधीन यस आयोजनाको क्षमता १०२ मेगावाट रहेको छ। आयोजनाबाट वार्षिक ५९ करोड युनिट विद्युत बिक्री हुने अनुमान छ। व्याजसहित १५ अर्ब रूपैयाँ लागत अनुमान गरिएको छ। अनुमानित लागतअनुसार प्रतिमेगावाट १४ करोड ७० लाख लाग्नेछ। तर समयावधि लम्बिँदै जाँदा आयोजनाको लागत थप बढ्न सक्नेछ। 



यस बिषयमा तपाइको प्रतिक्रिया...!