खाली सिलिण्डर भरेर राख्न उपभोक्तालाई ग्यास उद्योग संघको आग्रह

Posted on: 24 Apr, 2021

बैशाख १०, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाली अवस्थामा रहेका खाना पकाउने ग्यास सिलिन्डर भरेर राख्न उपभोक्ताहरुलाई अनुरोध गरेको छ। 

कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुन सक्ने भन्दै संघले एक सूचना प्रकाशित गर्दै खाली रहेका ग्यास सिलिन्डर तत्काल भरेर भण्डारण गर्न अनुरोध गरेको हो।

गत सालको लकडाउनमा पनि सबै उपभोक्तालाई ग्यासको अभाव हुन नदिएको स्मरण गर्दै संघले अहिले पनि ग्यासको अभाव हुन नदिन संघ लागिपरेको जनाएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!