घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Posted on: 31 Aug, 2021

भदौ १५, काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । छापावाला सुनको मूल्य आज मंगलबार ४ सय रुपैयाँले घटेर तोलामा ९१ हजार २ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य आज तोलामा ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९१ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

आज मंगलबार चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!