सानिमा बैंकले ल्यायो ग्राहकका लागि दशैं धमाका योजना

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ । 

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सयसम्मको छुट  प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी इएकआई सुविधा पनि प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “First come first serve” को आधारमा छुट प्रदान गरिने छ । यो योजना यही आश्विन १० गतेदेखि आश्विन १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!