तरुण दलका जिल्ला नेतासहित फरार ५ अभियुक्त पक्राउ

Posted on: 27 Sep, 2016

असोज ११,पर्वत । पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले तरुण दलका जिल्ला नेतासहित फरार ५ अभियुत्तलाई पक्राउ गरी जिल्ला अदालत पर्वतमा बुझाएको छ ।

तरुण दलका जिल्ला नेता राजेन्द्र हमाल सहित ४ जनालाई पक्राउ गरी अदालतमा बुझाएको जिप्रकाले जनाएको छ । विभिन्न मुद्धामा दोषी ठहर गरी अदालतले फैसला सुनाएका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बाजुङ १ भरत बहादुर पौडेल, देउपुर ९ राजेन्द्र हमाल, क्याङ मिलन पुन जिसी र तिलाहार ६ का अनिल किसान छन् ।

पक्राउ पर्नेलाई  अदालतमा बुझाएको प्रनाउ शेखर खनालले जानकारी दिदै अन्य फरार अभियुक्तहरुलाई समेत खोजी गरी पक्राउ गरिने बताएका छन् । फरार अभियुक्त सवैलाई सार्वजानिक मुद्धा अन्तरगत ५ हजार जरिवानाको फैसला सुनाइएको थियो । त्यसैगरी अभियुक्त मिलन पुनलाई १० हजार जरिवानाको फैसला सुनाइको थियो ।

त्यस्तै तिलाहार ६ का अनिल किसानलाई १ महिना १५ दिन कैद र ५५ हजार ६ सय ७२ रुपैयाँ ५० पैसा, तिलाहार ७ का सन्तोष लामिछानेलाई ३ बर्ष १० दिन कैद सजायको फैसला भएको थियो । अनिल र सन्तोष भने नकबजनी र रहजनी चोरी मुद्धाका फरार अभियुक्त हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!