दर्लिङलाई बढिघाट गाउँपालिका नै उपयुक्त

Posted on: 09 Nov, 2016

कृष्ण कँडेल/कात्तिक २४, बागलुङ । दर्लिङका राजनैतिक दलले स्थानिय निकाय गठन सम्बन्धमा पछिल्लो पटक जिल्ला प्राविधिक समितिले गरेको प्रश्ताव नमान्ने बताएका छन् । 

कात्तिक १९ गतेको सर्वदलिय बैठकमा जिल्ला प्राविधि समितिले दर्लिङलाई बुर्तिबाङसँग राख्ने गरि गाउँपालिका पश्ताव गरेको थियो । जिल्ला प्राविधिक समितिको प्रश्ताव स्विकार नगर्ने उनिहरुको भनाई छ । 

भौगोलिक रुपमा दुर्गम रहेकाले बुर्तिबाङ पायक नपर्ने, विकासका पुर्वाधार प्रयाप्त नभएको र नगरपालिका बनेपछि उल्टै महङ्गो कर तिर्नुपर्ने भन्दै उनिहरुले यस अघि प्रश्तावित बढिघाट गाउँपालिकामै जाने बताएका छन् । 

नेपाली काँग्रशका गाउँ कार्यसमिति सभापति भरत केसी, एमालेका कृष्ण केसी, माओवादी केन्द्रका अध्यक्ष विरेन्द्र बुढा, राष्ट्रिय जनमोर्चाका धनबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टिका दुर्गा बुढाले अहिले प्रश्तावित गाउँपालिका अन्तरगत बुर्तिबाङमा जान नसकिने बताएका छन् । 

उनिहरु यस अघि जिल्ला प्राविधिक समितिले प्रश्ताव गरे अनुसार बढिगाघाट गाउँपालिकामै राख्नका लागि दवाव दिन जिल्ला सदरमुकाम पुगेका छन् । स्थानिय राजनैतिक दलले भिमगिठे र ग्वालीचौरको विचमा केन्द्र हुनुपर्ने माग गरेको स्थानिय सञ्चारकर्मी मोहन बुढाले जानकारी दिनुभएको छ ।  बुर्तिबाङ केन्द्र हुँदा सेवा लिन असहज हुने उनिहरुको तर्क छ । 

कार्तिक १९ गते जिल्ला प्राविधिक समितिले दर्लिङलाई बुर्तिबाङ, बोबाङ, अधिकारीचैर, राजकुत र भिमगिठेसँग राखि गाउँपालिका प्रश्ताव गरेको थियो । बुर्तिबाङका राजनैतिक दलले पनि यहि प्रश्ताव अनुसार दर्लिङलाई पनि समेटेर गाउँपालिका नभई नगरपालिका बनाउनुपर्ने माग राख्दै आएका छन् । उनिहरुपनि डेलिकेशनमै छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!