तमानखोला गाउँपालिकामा माओवादी केन्द्रको प्रशिक्षण

Posted on: 19 Jan, 2017

कृष्ण कँडेल/माघ ६, बागलुङ । नेकपा माओवादी केन्द्रको एरिया नम्बर–३, प्रश्तावित तमानखोला गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार बोंगादोभानमा  भएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले पार्टी कार्यकर्ता एकजुट भएमा माओवादी मुलुककै सबैभन्दा ठुलो पार्टी बन्ने दाबि गर्नुभयो । सागरले पछाडि परेका र पारिएका सामुदायमा राजनितिक चेतना दिन र अधिकार खोज्न माओवादी आन्दोलनले ठुलो योगदान गरेको बताउनुभयो । 

उहाँले संविधान कार्यान्वयनका लागि प्रमुख ३ दल मिल्नुको विकल्प नभएको भन्दै राजनितिक दलहरुको सहकार्यले नै विगतमा शान्तिपुर्ण रुपमा ठुला उपलब्धि हाँसिल गर्न सकिएको स्मरण गर्नुभयो । पोलिटब्युरो सदस्य सागरले मुलुक निर्वाचनको संघारमा रहेको भन्दै त्यसका लागि तयार रहन कार्यकर्तालाई आग्रह गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा जिल्ला कार्यालय सचिव चन्द्रबहादुर थापा शिखर, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निसीखोला गाउँपालिका संयोजक कुविर विश्वकर्मा र राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा एरिया नम्बर–३ का ईन्चार्ज सुर्य सिरपालीले प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा माओवादी केन्द्र ३ नम्बर एरिया संयोजक देव बहादुर पुनले पार्टि केन्द्रिय समिति र जिल्ला समितिको परिपत्र बाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा प्रश्तावित तमानखोला गाउँपालिका अन्तरगत तमान, खुंखानी, बोंगादोभान गाविस भित्रका पार्टिका अगुवा कार्यकर्ता तथा विभिन्न जनबर्गिय संगठनका पदाधिकारी तथा सदस्यको उपस्थिती रहेको थियो । 

बैठकले ३ नम्बर एरिया अन्तरगतका गाविसमा सम्मेलन गर्नका लागि संयोजक तोकेको छ । तमान गाविसको संयोजकमा चन्द्र प्रकाश गोतामे खुंखानीको संयोजक नर बहादुर शिर्पाली र इन्र्चाजमा दिल बहादुर शिर्पाली तथा बोंगादोभानको इन्र्चाजमा देव बहादुर पुनलाइ तोकेको छ । 

कार्यक्रम राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा ३ नम्बर एरिया ईन्चार्ज सुर्य शिर्पालीको अध्यक्षता र एरिया संयोजक देव बहादुर पुनको  सञ्चालनमा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!