प्रत्यक्ष निर्वाचित कार्यकारी लागी नयाँशक्तिको हस्ताक्षर अभियान

Posted on: 29 Jan, 2017

पर्वत । प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने माग राख्दै डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले हस्ताक्षर अभियान शुरु गरेको छ ।

नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद पर्वतले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातीक संसद का लागी हस्ताक्षर अभियान सुरु गरेको हो । शनिबार कुश्मा बजारमा पत्रकार सम्मेलनको आयोजना गरि नयाँ शक्ती पर्वतले हस्ताक्षर अभियान शुरु गरेको जनाएको छ । 

नयाँ शक्ती नेपाल पर्वतका उप्रेरक मोती रिजालले हस्ताक्षर गरेर अभियानको शुरुवात गरेको हुन । हस्ताक्षर गरेपछि रिजालले देशको अस्थीरता अन्त्यको लागि प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातीक संसद अनिवार्य रहेको बताए ।

आम पर्वतबासीलाई यसमा हस्ताक्षर गराएर जनताको राय लिन खोजीएको उनको तर्क थियो । सरकार बनाउने र गिराउने खेलले देश अस्थिरतामा गएको बताउँदै रिजालले  यस विषयमा बेलैमा नसोच्ने हो भने देश कुनै एक शक्तिको हातमा हुने बताए ।

संसदमा संसोधन प्रस्तावमा बहस चलिरहेको बेला यो पनि एउटा अति आवश्यक बिषय हो भन्ने महसुस भएपछि यो अभियान चलाएको नयाँ शक्ति नेपाल जिल्ला शाखा पर्वतले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!